०१०-५२०४५०

बाल अधिकार अधिकृत द्धारा कार्यक्रम अनुगमन

प्रयास नेपाल धादिङद्धारा यूनाइटेड मिसन टु नेपालसंगको साझेदारीतामा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत पिडा गाविसमा संचालित कार्यक्रमको अनुगमन कार्यक्रम भएको छ। जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत हरि उप्रेतिले गाविसमा गठन भएका बालक्लव तथा विद्यालयको अनुगमन गरिएको हो। कार्यक्रम संचालन भएका क्षेत्रमा बालबालिकाको अवस्था र कार्यक्रमले पारेको प्रभावलाई केन्द्रित गरेर गरिएको उक्त कार्यक्रममा बाल अधिकार अधिकृतले महादेव प्राथमिक विद्यालय, डोलभन्ज्याङ उमावि र सरस्वति प्राविको बालमैत्रि कक्षा शिक्षण अवलोकन, शिक्षकहरुसंग छलफल तथा ति विद्यालयहरुमा गठन भएका बालक्लवका पदाधिकारीहरुसंग छलफल गर्नु भएको थियो। उक्त अवसरमा शिक्षक तथा बालक्लवका पदाधिकारीहरुसंग छुट्टा छुट्टै रुपमा बालबालिकाको वर्तमान अवस्थाका विषयमा छलफल गर्नु भएको थियो। समग्रमा बालबालिकाहरुको बाल अधिकार सुनिश्चितताको लागि यस कार्यक्रमले विद्यालय, समुदाय र बालक्लवलाई परिचालित गरि धेरै राम्रो काम गरेको, जसको कारण ति समुदाय तथा विद्यालयहरुमा धेरै परिवर्तन र बालक्लवका बालबालिकाहरु आफ्नो कुरा निर्धक्क भएर स्पष्टसंग राखेकोमा बाल अधिकार अधिकृतले खुशिव्यक्त गर्नु भयो । अन्य कार्यक्रमहरुको पनि यसरी नै समय समयमा अनुगमन गर्ने कुरा उहाँले बताउनु भयो।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education