०१०-५२०४५०

प्रयास नेपालको १२ औं वार्षिक उत्सब कार्यक्रममा सम्पन्न

धादिङमा सामाजिक विकासका विभिन्न गतिविधीहरु सन्चालन गर्दै आईरहेको गैरसरकारी संस्था प्रयास नेपालको १२ ओं वार्षिक साधारण सभा मिति २०७० साउन ३० गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा सामाजिक विकामा सहयोग गर्ने ११ जनालाई सम्मान समेत गरिएको छ। यसरी सम्मानित हुनेहरुमा उत्तरी धादिङ झार्लाङमा रहेको बेन्दिदेवी निमाविका पुस्तकालयध्यक्ष मेनुका तिवारी, स्थानापति मावि ज्याम्रुङका पुस्तकालयध्यक्ष चिरन्जीवि पाठक हुनुहुन्छ। यसैगरि संस्थामा रही उत्कृष्ट कार्य गरेकोमा सामाजिक परिचालकहरु सुनौलोबजारका पुष्पा मगर, बेनिघाटका दिनेश परियार, र मैदिका भगवति श्रेष्ठलाई पनि सम्मान गरिएको छ।कार्यक्रममा संस्थामा रही उत्कृष्ट कार्यसम्पादन गर्ने कार्य समितिका सचिव उषा वि.क, लेखापाल मनोहर पण्डित र साधारण सदस्य भक्त बहादुर बस्नेतलाई पनि सम्मान गरिएको छ। साधारण सभा सहायक प्रजिअ विनयराज पौडेलले उदघाटन गर्नु भएको थियो ।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education