०१०-५२०४५०

गाविस स्तरिय बालक्लव संजाल गठन

पिडा गाविसमा गाविस स्तरीय बालक्लव गठन भएको छ । गाविसका ९ वटै वडामा गठन भएका समुदाय स्तरीय तथा विद्यालय स्तरीय बालक्लवबाट वडा स्तरीय बालक्लव गठन भएपछि गाविस स्तरीय बालक्लव गठन भएको हो। आस्मा खतिवडाको अध्यक्षतामा १७ सदस्यिय समितिको गठन भएको छ। जसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र सदस्यहरुमा क्रमशः सन्तोष सापकोटा, कमला पण्डित, विनोद सुवेदी, समिक्षा भण्डारी र प्रदिप तामाङ, श्यामहरि सुवेदी, सुनिल राई, सानुवाबु राई, सुरेश श्रेष्ठ, मनोज न्यौपाने, टिका अधिकारी, विष्णु कुमारी चेपाङ, मनिका भुजेल, कल्पना चेपाङ, लक्ष्मी परियार रहेका छन् । उक्त कार्यक्रममा प्रयास नेपालका कार्यक्रम संयोजक संजीब कुमार राई, फिल्ड संयोजक भिम बहादुर चेपाङले बाल अधिकार तथा बाल संरक्षण, बाल संरक्षणको संरचना तथा बालक्लव संजालले खेल्नु पर्ने भुमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो। पिडा गाविसमा गठन भएका समुदाय स्तरीय तथा विद्यालय स्तरीय गरि जम्मा १७ वटा बालक्लवलाई नेतृत्व दिने र उनीहरुको क्षमता विकास गर्ने तथा समग्रमा बालबालिकाहरुको सवालमा गाविसमा सरोकारवालाहरुसंग नजिकमा रहेर कार्य गर्नको लागि गाविस स्तरिय बालक्लव संजालले कार्य गर्ने प्रयास नेपालका फिल्ड संयोजक भिम बहादुर चेपाङले बताउनु भयो । उक्त कार्यक्रममा नौ वटै वडास्तरीय बालक्लव संजालका ४८ जनाको उपस्थिति रहेको थियो ।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education