यूनाईटेड मिसन टु नेपालसंगको साझेदारीतामा प्रयास नेपाल धादिङद्धारा संचालित यो परियोजना धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा गत २०६७ साल देखी संचालित रहेको छ । समुदायका मानिसहरुको आयआर्जन बढाउने, उद्यम विकास संबन्धी नयाँ सीपहरु प्रदान गर्दै उनीहरुलाई बालबालिका प्रतिको धारणा र व्यवहार प्रति सचेत बनाई बालबालिकाहरुले कुनै पनि डर, त्रास, शोषण र भेदभावमुक्त समाज निर्माण गरि बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवन सुरक्षाको विकल्पहरु प्रति सक्षम बनाउँदै सुन्दर समाज निर्माण गर्नको लागि यो कार्यक्रमले विद्यालय, महिला समुह र बालबालिकाहरु मार्फत कार्य गर्दै आइरहेको छ।