०१०-५२०४५०

समाचारहरू


बाल अधिकार अधिकृत द्धारा कार्यक्रम अनुगमन

प्रयास नेपाल धादिङद्धारा यूनाइटेड मिसन टु नेपालसंगको साझेदारीतामा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत पिडा गाविसमा संचालित कार्यक्रमको अनुगमन कार्यक्रम भएको छ। जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत हरि उप्रेतिले गाविसमा गठन भएका बालक्लव तथा विद्यालयको अनुगमन गरिएको हो।

+पुरा पढ्नुहोस्

गाविस स्तरिय बालक्लव संजाल गठन

पिडा गाविसमा गाविस स्तरीय बालक्लव गठन भएको छ । गाविसका ९ वटै वडामा गठन भएका समुदाय स्तरीय तथा विद्यालय स्तरीय बालक्लवबाट वडा स्तरीय बालक्लव गठन भएपछि गाविस स्तरीय बालक्लव गठन भएको हो। आस्मा खतिवडाको अध्यक्षतामा १७ सदस्यिय समितिको गठन भएको छ।

+पुरा पढ्नुहोस्

प्रयास नेपालको १२ औं वार्षिक उत्सब कार्यक्रममा सम्पन्न

धादिङमा सामाजिक विकासका विभिन्न गतिविधीहरु सन्चालन गर्दै आईरहेको गैरसरकारी संस्था प्रयास नेपालको १२ ओं वार्षिक साधारण सभा मिति २०७० साउन ३० गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा सामाजिक विकामा सहयोग गर्ने ११ जनालाई सम्मान समेत गरिएको छ।

+पुरा पढ्नुहोस्

बाँसखर्क निम्न माध्यमिक बिद्यालयमा पुस्तकालय उद्घाटन

गाउँ शिक्षा समिति महादेवस्थानका अध्यक्ष एवं गाविस सचिव रमेश पौडेलको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी र प्रयास नेपाल धादिङका अध्यक्ष कृष्ण बहादुर चेपाङले पुस्तकालयको उद्घाटन गर्नु भएको हो । 

+पुरा पढ्नुहोस्

सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

संस्थाले आ.ब ०७०÷०७१ मा झार्लाङ गाविसमा गरिबी निवारण कोष काठमाडौं,सिविस काठमाडौं र रुम टु रिड नेपालको साझेदारीमा झार्लाङ गाविसका बिद्यालयहरुमा पुस्तकालय,गरिवी निवारण निवारण कार्यक्रम र आफ्नो घर आफ्नो परिवार कार्यक्रम संचालन गर्दै आएको छ । स्थानीय बयोबृद्ध ल्मङ तामाङको अध्यक्षता झार्लाङ गाविस वडा नं ५ कलमरङमा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, सामुदायिक संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, बिद्यालयका शिक्षक प्रतिनिधीहरु,बाल क्लबमा पदाधिकारीहरु,बालसंरक्षण समितिका पदाधिकारी,स्थानीय स्तरमा कार्यरत अन्य संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

+पुरा पढ्नुहोस्

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम समावेशी, उत्तरदायी र स्थानिय शासन एवम सहभागितामुलक सामुदायिक नेतृत्वमुखि विकास मार्फत गरीबी घटाउन योगदान पुगोस भन्ने उदेशयले स्थापना गरिएको एक राष्ट्रिय कार्यक्रम हो। यस कार्यक्रमको प्रमुख कार्य समुदायहरु र समुदायका सबै वर्गहरुलाई सक्रिय रुपमा स्थानीय शासन प्रक्रियामा संलग्न गराउनु हो। यो क्रियाकलापको उदेश्य समुदायहरु र स्थानीय सरकारहरुलाई सक्षम बनाउन सहयोग गर्दै योजना निर्माण, बजेट तर्जुमा तथा निर्णंय कार्यान्वयन र स्थानीय सरकारको काम कारवाहि तथा क्रियाकलापमा साझा संलग्नता गराउनु हो । 

+पुरा पढ्नुहोस्

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education