०१०-५२०४५०

हाम्रो बारेमा


परिचयः

प्रयत्नशील सामुदायिक विकास समाज (PRAYASH– Nepal) धादिङ गैर सरकारी मुनाफा नकमाउने, धर्म निरपेक्ष, सेवामुखी सामाजिक संस्था हो । यसको स्थापना २०५८ सालमा संस्था दर्ता ऐन २०३४ अन्तरर्गत भएको हो । यस संस्थाले ग्रामीण समुदायमा अनौपचारिक शिक्षास्वास्थ्यसामुदायिक विकाससरसफाई आय आर्जन कार्यक्रमवातावरण संरक्षण सामाजिक न्याय अधिकारमुखी अवधारणासार्वजनिक सरोकारका विषयमा बहसपैरवी सामाजिक परिचालन जस्ता कार्यक्रमहरुमा साचालन गर्ने कार्यलाई उच्च प्राथमिकता दिंदै आएको छ ।

समाज कल्याण परिषदमा आवद्धता प्राप्त गरेको यस संस्थाले २०५९ साल देखि नै विभिन्न सरकारी एंव गैरसरकारी संघ संस्थाहरुसंग सहकार्य र साझेदारी गर्दै समुदाय विकासको क्षेत्रमा आपुना कार्यक्रमहरु विस्तार गर्दै आयो । आफ्ना कार्यक्रम संचालन गर्ने क्रममा सकारात्मक सिकाई उपलव्धी एंवम हौसला बटुल्दै विभिन्न साझेदार संस्थाहरुस्थानीय गाविससरकारी निकायहरुको समन्वय तथा सहकार्यमा एक दशकदेखि समुदायिक विकासका लागि यस संस्थाले बिपन्न गरिव दलितजनजातिमहिलाबालबालिका एवम् पछाडि पारिएका समुदायलाई अनौपचारिक तथा औपचारिक शिक्षा स्वास्थ्य र सरसफाइ आयमूलक सीप विकास क्षमता अभिवृद्धि जस्ता कार्यहरु साचालन गर्दै आईरहेको छ ।

संस्थाको परिकल्पना  (vision)

दिगो विकासमा हकवालाहरुको स्वामित्व नियन्त्रण र पहँच कायम ।

ध्येय (Mission)

आर्थिक तथा सामाजिक संशक्तिकरणबाट समुदायको अधिकार श्रोत साधानमा पहुँच स्वामित्व र नियन्त्रणको शुनिश्चितता । लक्ष्य (Goal)

सामाजिक सशक्तिकणद्वारा समुदायमा पिछडिएर रहेको गरिब तथा विपन्न वर्गको जीवनस्तरमा वृद्धि गर्ने ।

उद्देश्य (Objective)

१. गरिव तथा विपन्न समुदायको आर्थिक समाजिक र शैक्षिक सशक्तिकरणको लागि सहजीकरण गर्ने ।

२. खानेपानी तथा सरसफाई वातावरण संरक्षण र आय आर्जन कार्यक्रम साचालन गर्न सहयोग गर्ने ।

३. यौन तथा प्रजनन् स्वास्थ्य एच।आई। भी। तथा एड्स विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सम्बन्धि तालिमद्धारा स्वास्थ्य र शिक्षित जनशक्ति निर्माण गर्ने ।

४. ग्रामीण कृषकहरुको आर्थिक स्तरमा सुधार ल्याउन दिगो कृषि विकासका कार्यक्रमहरु साचालन गर्न सहजिकरण गर्ने ।

५. मानव अधिकार बाल अधिकार तथा महिलाको हक अधिकार र उपभोगका लागि विभिन्न तहमा बहस पैरबी अभियान साचालन गर्ने ।

६. समुदायका महिला तथा बालबालिकाका लागि व्यवसायिक तथा सिपमुलक तालिम औपचारिक तथा अनौपचारिक शिक्षा चेतनामुलक कार्यक्रम साचालन गर्ने ।

लक्षित समुह

  • महिला, बालबालिका, गरिब र पछाडि पारिएका समुदाय
  • मूल्यमान्यता
  • समानता
  • पारदर्शिता
  • सहभागितामूलक निर्णय लिने
  • विश्वास
  • सहयोग
  • सम्मान
  • समर्पण
  • साचार

संस्थागत नितीहरुः

  • मानव श्रोत तथा कर्मचारी व्यवस्थापन निती
  • आर्थिक तथा वित्तिय व्यवस्थापन निती
  • कार्यक्रम कार्यान्वयन निती
  • दिर्घकालिन रणनिती
  • बाल संरक्षण निती
  • सुचना तथा संचार रणनिती
  • स्वयंसेवक परिचालन निती

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education