स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमसहयोगी संस्थाः
जिल्ला विकास समिती, धादिङ
कार्यक्षेत्रः
ज्यामरुङ, साँकोष, धुवाँकोट, कटुन्जे
कार्यक्रमको परिचयः
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम समावेशी, उत्तरदायी र स्थानिय शासन एवम सहभागितामुलक सामुदायिक नेतृत्वमुखि विकास मार्फत गरीबी घटाउन योगदान पुगोस भन्ने उदेशयले स्थापना गरिएको एक राष्ट्रिय कार्यक्रम हो। यस कार्यक्रमको प्रमुख कार्य समुदायहरु र समुदायका सबै वर्गहरुलाई सक्रिय रुपमा स्थानीय शासन प्रक्रियामा संलग्न गराउनु हो। यो क्रियाकलापको उदेश्य समुदायहरु र स्थानीय सरकारहरुलाई सक्षम बनाउन सहयोग गर्दै योजना निर्माण, बजेट तर्जुमा तथा निर्णंय कार्यान्वयन र स्थानीय सरकारको काम कारवाहि तथा क्रियाकलापमा साझा संलग्नता गराउनु हो ।
उद्देश्य
- समाजका सबै बर्गको सक्रिय संलग्नतालाई सक्षम तुल्याउनु ।
- जीविकोपार्जनको लागि आवश्यक आधारभुत स्रोत साधन तथा सेवाहरुमा सम्पन्नतामा योगदान पु¥याउनु ।
- गरिव र वञ्चितीकरणमा परेका समुहरुका लागि पहँुच बढाउनु ।
- स्थानिय तहका प्राथमिकताबारे गाविस स्तरिय एकिकृत योजना समिति र गाविस परिषदमा आवाज उठाउन सक्ने,बिशेष गरी विपन्न तथा बञ्चित समुह सहितको वडा स्तरिय मञ्च स्थापना गर्नु ।
मुख्य उपलब्धीहरुः
- नियमित रुपमा रिफ्लेक्ट कक्षा संचालन भै बिपन्न समुदायका पारिएका समुदायहरुको चेतनास्तरमा बृद्धि हुन थालेको छ।
- विकास निर्माण र अन्य सार्वजनिक कार्यक्रममा महिलाहरुको सहभागितामा वृद्धि हुन थालेको छ।
- समुदायमा मानिसहरुले जन्म, मृत्यु, विवाह ,बसाइ सराईको दर्ता गर्ने क्रममा बृद्धि भएको छ।
- वडा नागरिक मंञ्चले सबैको सहभागीतामा छनौट गरेको योजनाहरु गाउँ परिषदले पास गरि कार्यान्वयन गर्न थालेका छन् ।
- स्थानिय स्तरमा वडा नागरिक मन्चले छनौट गरेको योजना प्रक्रियामा पछाडी पारिएका विपन्न वर्गहरुको सहभागीता बढ्न थालेको छ।
- योजना निर्माण, गाउँ परिषदको साथै इलाका स्तरिय गोष्ठीमा आम मानिसको उपस्थितिमा बृद्धि हुन थालेको छ।
- वडा नागरिकको नियमित वैठक बसी उपभोक्ता समिति गठन तथा योजना कार्यान्वयन र अनुगमन गर्न थालेका छन् ।