बाँसखर्क निम्न माध्यमिक बिद्यालयमा पुस्तकालय उद्घाटन
महादेवस्थान २४ जेठ,शुक्रबार
जिल्लाको दक्षिणी दुर्गम गाविसमा रहेको बाँसखर्क निम्न माध्यमिक बिद्यालयमा स्थापना गरिएको पुस्तकालय शुक्रबार उद्घाटन गरिएको छ ।
गाउँ शिक्षा समिति महादेवस्थानका अध्यक्ष एवं गाविस सचिव रमेश पौडेलको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी र प्रयास नेपाल धादिङका अध्यक्ष कृष्ण बहादुर चेपाङले पुस्तकालयको उद्घाटन गर्नु भएको हो । पुस्तकालय उद्घाटन तथा साक्षर गाविस घोषणा कार्यक्रममा जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत बिनोद अर्याल,महिला तथा बालबालिका अधिकृत भुला भण्डारी,बाल अधिकार अधिकृत हरि उप्रेति,स्वास्थ्य कार्यालयका निरिक्षक बिष्णु रिजाल,यूएमएन सिनियर शिक्षा अधिकृत प्रेम स सिंतान,धादिङ प्रयास नेपाल धादिङ सचिव उषा बि.क,कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यालयमा पुस्तकालयको महत्वका,प्रयोग र दिगोपनाको बारेमा मतव्य राख्नु भएको थियो । बिद्यालयमा पुस्तकालय स्थापना पछि गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने प्रधानाध्यपक दामोदर भूजेल बताउनु भयो । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी,अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
पुस्तकालयको लागि शिक्षा शिक्षा कार्यालयसँगको समन्वय र सहकार्य, रुम टु रिडको साझेदारीमा संचालित बिद्यालय पुस्तकालय कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङले ५० हजार बराबरको ११ सय ५० भन्दा बढी पुस्तक तथा शैक्षिक सामाग्री सहयोग गरेको प्रयास नेपाल,धादिङका दिनेश परियारले जानकारी दिनु भयो । यसै गरी महादेवस्थान गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको सहयोगमा प्रयास नेपाल धादिङले गाविसका टोल टोलमा ७१ वटा कक्षा मार्फत जिल्ला शिक्षाले गरेको नामनममेसी अनुसार निरक्षर १८०० मध्ये १७ सय ३४ जनालाई साक्षर गराए पछि गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । धादिङ जिल्लालाई यसै आर्थिक बर्षमा साक्षर जिल्ला घोषणा को गर्ने तयारी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।