०१०-५२०४५०

सफलताको कथाहरु


कमलाको जीवनमा आएको परिवर्तन

म कमला पुलामी मगर हुँ । म ३८ बर्षको भएँ । मेरो घर धादिङ्ग जिल्लाको पिंडा गाविस वडा नं ५ पर्दछ । मेरो श्रीमान गोपाल पुलामी मगर हुनुहुन्छ । मेरो ३ जना छोरा र ४ जना छोरी गरी जम्मा ९ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत २ रोपनि र बारी ३ रोपनि छ । यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ६ महिना मात्र खान पुग्छ । अरु बाँकि महिना ज्याला मजदुरी गरेर खानु पर्छ । सानो परिवार भएता पनि कमाउने जग्गा र स्रोत नभएको कारण घर चलाउन मुश्किल पर्छ । छोरा छोरीहरुको पढाइै अगाडी बढाउन साह्र्रै गाह्रो भएको थियो । पैसा नभएकै कारण १ जना ठुलो छोरीले २ वर्ष पढाई छोड्नु परेको थियो । २ वर्ष सम्म स्कुल छाडेर काममा जानु पर्यो ।

+पुरा पढ्नुहोस्

मेरो जीवनमा आएको परिवर्तन.....

म भुमेस्थान गाविसको वडा.नं २ बालुवार्खकमा बस्छु । आज भन्दा डेढ बर्ष अगाडि यस बस्तीमा सामाजिक परिचालक गोमा तामाङ आएर समुहको आवश्यकता र महत्वको वारेमा जानकारी दिएपछि हामी समुहमा आवद्घ भयौं । यस भन्दा पहिला हामिलाई समूहको बारेमा केही पनि थाहा थिएन र कसैले पनि यस स्थानमा आएर काम गरेका थिएनन् । २०६७ साल वैशाखमा हामिले समुह बनाउने निर्णय गरेपछि असारबाट नियमित मासिक रुपमा बैठक बस्दै आईरहेका छौं । हाम्रो समुहको नाम भैरवि सामुदायिक संस्था हो । 

+पुरा पढ्नुहोस्

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan