०१०-५२०४५०

बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम प्रगति प्रतिवेदन वार्षिक प्रगति प्रतिवेदन २०६९/७०

पृष्ठभुमिः

यूनाईटेड मिसन टु नेपालसंगको साझेदारीतामा प्रयास नेपाल धादिङद्धारा संचालित यो परियोजना धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा गत २०६७ साल देखी संचालित रहेको छ । समुदायका मानिसहरुको आयआर्जन बढाउने, उद्यम विकास संबन्धी नयाँ सीपहरु प्रदान गर्दै उनीहरुलाई बालबालिका प्रतिको धारणा र व्यवहार प्रति सचेत बनाई बालबालिकाहरुले कुनै पनि डर, त्रास, शोषण र भेदभावमुक्त समाज निर्माण गरि बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवन सुरक्षाको विकल्पहरु प्रति सक्षम बनाउँदै सुन्दर समाज निर्माण गर्नको लागि यो कार्यक्रमले विद्यालय, महिला समुह र बालबालिकाहरु मार्फत कार्य गर्दै आइरहेको छ। यस कार्यक्रम अन्तर्गत हाल ३४ वटा विद्यालय, ९४ वटा महिला समुह र ३४ वटा बालक्लवमा केन्द्रित रहेर विविध कार्यहरु संचालनमा रहेको छ।

कार्यक्रमबाट आएको परिवर्तनः

  • ८५० जना बालबालिकाहरु बालक्लवमा प्रत्यक्ष रुपमा आवद्ध भै विद्यालय तथा समुदाय विकासको सवालमा सक्रिय रुपमा लागि परेका छन् । विद्यालयमा अनुशासन, सरसफाई, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने, अति विपन्न परिवारका बालबालिकालाई छात्रबृतिको लागि आवश्यक सहयोग गर्ने, विद्यालय वरपर वोटविरुवा रोप्ने संरक्षण गर्ने, शिक्षकहरुको शैक्षिक गतिविधीको मुल्याँकन गर्ने, अतिरित्त क्रियाकलाप संचालन गर्ने तथा भित्तेपत्रिका प्रकाशन गर्ने कार्य गरिरहेका छन् भने समुदायमा शौचालय निर्माणको लागि घरदैलो अभियान, बालविवाह विरुद्ध सचेतना, सार्वजनिक रुपमा जाँडरक्सी खाने, जुवातास खेल्ने कार्यलाई रोक्ने कार्य गरिरहेका छन् । यी सबै कार्यले बालबालिकाहरुलाई हेर्ने र गर्ने व्यवहारमा परिवर्तन हुन थालेको छ। बालबालिकाहरुको आत्मविश्वास बढेको छ। आफ्नो कुरा नडराई निर्धक्कसंग भन्ने बानीको विकास हुन थालेको छ। बालबालिकाहरु आफ्नो काम प्रति जिम्मेवार हुन थालेका छन् ।
  •  १७२४ जना महिलाहरु नियमित रुपमा बैठक बस्ने, बचत गर्ने, आफ्ना बालबालिका तथा समुदायको सवालमा छलफल गर्ने, योजना निर्माण गर्ने, बालबालिकाको जन्मदर्ता गर्ने, खोप लगाउने, आफ्ना बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउने, विद्यालयमा गएर आफ्ना बालबालिकाको पढाईका बारेमा बुझ्ने, विद्यालय सरसफाई तथा घेराबार गर्ने, सार्वजनिक स्थानमा जुवातास खेल्ने र जाँड रक्सी खाएर होहल्ला गर्नेलाई कारबाही गर्ने कुराको थालनी गर्न थालेका छन् । यस मध्ये २६० जना महिलाहरु प्रत्यक्ष रुपमा परियोजनाको सहयोगमा बाख्रापालन गरि परिवारको आयआर्जन बृद्धि गरिरहेका छन् । यी सबै कार्यको कारण समुदायमा हुने हरेक क्रियाकलापमा महिलाहरुको सहभागीता अत्याधिक मात्रामा बृद्धि हुन थालेको छ। महिला माथि हुने हिंसामा कमि आउन थालेको छ र महिलालाई गर्ने व्यवहारमा परिवर्तन हुन थालको छ।
  • महिला समुहको सक्रियतामा १४ वटा विद्यालय स्थानिय स्तरमा पाईने बाँस र काठहरुले घेराबार गरेका छन् ।
  • जन्मदर्ता नभएका १०९३ जना (पिडा वडा नं ७, ८ र ९ का ५२२ र महादेवस्थान वडा नं ६,७, ८ र ९ का ५४०) बालबालिकाको गाविससंगको सहकार्यमा जन्मदर्ता अभियान मार्फत जन्मदर्ता गरिएको छ भने महिला समुहको अग्रसरतामा ३१ जना थप बालबालिकाको जन्मदर्ता भएको छ ।
  • ४ वटा महिला समुह (पिडा गाविसका भष्मेखोला र मखमलि, सृजनशील, थान्सिङखर्क) हरुले आफ्नो क्षेत्रका विद्यालय जाने बालबालिकालाई हरेक दिन पालैपालो एक स्थानमा भेला गरि विद्यालय पुर्याउन र लिन जान थालेका छन् । यसले गर्दा विद्यालय निरन्तरतामा बृद्धि भएको छ । र बिचैमा खेल्ने र विद्यालय नजाने अवस्था हटेको छ ।
  • मौरीपालन व्यवसाय मार्फत ३० घरपरिवारले जम्मा २४ हजार बराबरको मह उत्पादन गरि विक्रि गरि आयआर्जन गरेका छन् । पन्चकन्या महिला समुहले उत्पादन गरेको मह जिल्ला कृषि मेलामा उत्कृष्ट हुँदै प्रथम हुन सफल भएको छ।
  • ग्ऋभ्ँ नेपालसंगको सहकार्यमा १९ जना किशोर किशोरीहरु ६ महिने सिप विकास तालिममा छनौट भै हाल तालिम लिइरहेका छन्। गत वर्ष तालिम प्राप्त गरि आएका मध्ये ३ जनाले सिलाई कटाई सेन्टर खोली आयआर्जन गरिरहेका छन् ।

ड्ड ३४ वटा विद्यालय मध्ये १० वटा विद्यालयमा कक्षा १–३ सम्मका सबै शिक्षकहरुले बालमैत्रि शिक्षण सिकाई संबन्धि तालिम प्राप्त गरि बालमैत्रि शिक्षण प्रक्रिया स्वरुप कक्षा शिक्षण गराई रहेका छन् । बाँकी ३ वटा विद्यालयमा कक्षा २ सम्म र अन्य १३ वटा विद्यालयमा कक्षा १ मा वालमैत्री विधिमा कक्षा शिक्षण भैरहेको छ । कक्षा शिक्षण भएका कक्षाकोठाहरु आकर्षक भएको छ । बालबालिकाहरु शिक्षकसंग खुल्ने, र उनीहरुको आत्मविश्वास बढेको छ । यसले गर्दा बालबालिकाहरु कक्षा कोठामा रमाएर पढ्ने वातावरणको शुरुवात भएको छ।

ड्ड ३ स्थानमा (आँपटार, गठेडाँडा र पिण्डेश्वरी निमावि) गरिएको खानेपानी योजना मार्फत ४४ घरधुरि र २६१ जना बालबालिकाहरु लाभान्वित भएका छन् ।

यस आर्थिक वर्षको बार्षिक बजेटः रु.५२,२६,५१७।

खर्च रकम रु.५१८२९५९।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education