संचालित गाविसः ५
सामुदायिक समूह संख्याः ८
लक्षित समुदायः श्रमिक बालबालिका तथा तिनका अभिभावक
विश्व शिक्षासंगको साझेदारीतामा संचालित यस कार्यक्रम धादिङ जिल्लाका ५ वटा गाविसका बिशेष गरी श्रमिक बालबालिकालाई केन्द्र बिन्दुमा राखेर शैक्षिक माध्यमले बिद्यालय बालक्लब मार्फत बाल श्रम न्यूनिकरणका लागि बालबालिका र अभिभावकलाई सहयोग गर्ने काम साचालन भइरहेको छ । बालबालिकाहरुको अधिकारलाई ध्यानमा राखी श्रमिक बालबालिका कोचिङ कक्षा संचालनपरिवार तथा बिद्यालयका अभिभावक तथा शिक्षकलाई प्रकृती अनुसार क्षमता अभिवृद्धी गर्न विभिन्न तालिमअध्ययन अवलोकन भ्रमण तथा अन्तरकि्रयाबालबालिकालाई शैक्षिक सामग्रीअभिभावकहरुलाई आय-आर्जनमा सहयोग कार्यक्रम साचालन गरिरहेको छ । विश्व शिक्षा नेपालको साझेदारीमा संचालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बालश्रममा आवद्ध बालबालिका तथा निकृष्ट प्रकारका श्रममा संलग्न बालबालिकाहरुलाई विद्यालयसम्म आउने वातावरण तय गरी शैक्षिक अवसर प्रदानउनीहरुलाई जीवन उपयोगी व्यावसायिक सीपमा आवद्ध गराउनेबालबालिकाहरुलाई बालश्रमको ज्ञान दिदै उनीहरुसँग सम्बन्धित संवेदनसिल विषयबस्तुहरुमा उनीहरुको गोपनियताको अधिकारको संरक्षण साथै बालश्रम उन्मुलन गर्न नीतिगत तहमा पहल गरी लक्षित बर्गसम्म प्रभावकारी रुपमा पुग्ने रहेको छ ।
मुख्य क्रियाकलापहरुः
- कोचिङ कक्षा संचालन
- छात्रबृद्धि वितरण
- आय आर्जन सहयोग
- समुह गठन
- बचत तथा रिण लगानी