सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

११ असार २०६८
जिल्लाको बिभिन्न गाविसहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आ.ब ०६७/०६८ मा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा जिल्लाको ४८ गाविसमा बिद्यालय पुस्तकालयपठन सीपश्रमिक बालबालिकाहरु लक्षित नयाँ बाटो नयाँ पाईला कार्यक्रमगरिवी निवारण कार्यक्रमबाल केन्द्रित सामुदायिक विकास कार्यक्रम, सुरक्षित बसाई सराई कार्यक्रम, जीवनका लागि नृत्य, दिगो भू व्यवस्थापन कार्यक्रम लगायतका कार्यक्रम संचालनमा रहेको कार्यक्रमहरुको कि्रयाकलाप उपलब्धी तथा बजेट संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रस्तुत गर्नु भएको थियो ।

प्रयास नेपाल धादिङका अध्यक्ष कृष्ण बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका सरकारी निकायका प्रमुखहरु जिल्लामा कार्यरत विभिन्न गैससका प्रतिनिधीहरु, लाभान्वित वर्गका तर्फबाट विभिन्न विद्यालयका प्रतिनिधी,  महिला समुहका प्रतिनिधीहरु,  बाल क्लबका प्रतिनिधीहरु, गाविस सचिवहरु र राजनैतिक दलका तर्फबाट एनेकपा माओबालीका सह ईन्चार्ज राम बहादुर भण्डारी, नेपाली काँग्रेसका भक्त लामा, राप्रपाका भीम बहादुर दर्लामी लगायतको प्रतिनिधित्व रहेको थियो । राजनैतिक दलका प्रतिनिधिहरले संस्थालाई सामाजिक जिम्मेवारीका साथ कार्य गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा साझेदार संस्था विश्व शिक्षका कार्यक्रम अधिकृतहरु नन्दलाल माझी, अन्जना श्रेष्ठ, गरिवी निवारण कोषका कार्य प्रबन्धक ओ प्रसाद पौडेल, यूनाईटेड मिशन टु नेपालका सिनियर कार्यक्रम अधिकृत निर्मल भण्डारी,  रेष्टलेस डेभलब्मेटका कार्यक्रम संयोजक नारायण सिलवालले संस्थाले आफूले गरेको कामको सामाजिक रुपमा संचालन गरेको काम उदाहरणीय रहेको र आगामी दिनमा यस्तो कामलाई निरन्तरता दिन सुझाव दिएका थिए । सामाजिक लेखाजोखा कार्यक्रममा जिविस धादिङ निमित्त स्थानीय विकास अधिकारी हरि पाटा मगर जिल्ला शिक्षा अधिकारी मान बहादुर क्षेत्रीजिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत मछिन्द्र न्यौपानेपशु सेवा कार्यालयका प्रमुख डा।शिवजी प्रसाद दास लगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका उप सभापति नवराज छत्कुली, गैसस महासंघका उपाध्यक्ष भगवती उप्रेती, बिभिन्न गैससका प्रतिनिधिहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । सामाजिक लेखा जोखा संस्थाले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता,  बिश्वसनियता र संस्थामा सुशासन स्थापित गर्न गरिएको र आगामी बर्षहरुमा पनि निरन्तरता दिनईनेछ ।

समाचारहरू