विद्यालय शान्ति क्षेत्र घोषणा

नेपाल सरकारको मन्त्रिमण्डलको यहि मिती २०६८ साल जेठ ११ गते बसेको बैठकले विद्यार्थीहरुले विना व्यवधान निरन्तर रुपमा पठनपाठन गर्न पाउने कुरालाई ग्यारेन्टी गर्न सम्पुर्ण शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरे लगत्तै धादिङ जिल्लाका विभिन्न विद्यालयहरुले पनि स्थानिय स्तरमा विद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा घोषणा गर्ने क्रमको शुरुवात भएको छ। यसै सन्दर्भमा यहि मिती २०६८ जेठ २४ गते महादेवस्थान गाविस वार्ड नं २ मा रहेको भुमेस्थान प्राथमिक विद्यालयले र २५ गते महादेवस्थान गाविस वार्ड नं १ मा रहेको घैराङ प्राथमिक विद्यालयले प्रयास नेपाल द्धारा युनाइटेड मिसन टु नेपालसंगको साझेदारीतामा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमको सहयोगमा विद्यालय व्यवस्थापन समिती, शिक्षक, शिक्षक अभिभावक संघ, बाल समुह, अभिभावक, स्थानिय स्तरका राजनैतिक दलका नेता तथा समाजसेवीहरुको उपस्थितीमा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको गरिएको छ। बालबालिकाहरुले विना डर, त्रास र भय मुक्त वातावरण कुनै पनि व्यवधान विना पढन पाउने उनीहरुको अधिकारको सुनिश्चितता गर्न र सरोकारवालाहरुलाई बालबालिकाहरुको अधिकारको सवालमा सचेत बनाउन यस्ता कार्यक्रमले सघाउ पुर्याउने र विद्यालयमा कुनै पनि किसिमको अवरोध र व्यवधान नपुर्याउने र बालबालिकाहरुले राम्रो वातावरणमा पठनपाठन गर्न पाउनु पर्ने कुरामा सहमत हुँदै प्रतिवद्धता पत्रमा सबै सरोकारवालाहरुले हस्ताक्षर गरेको भुमेस्थान प्राथमिक विद्यालयका शिक्षक विष्णु थापाले बताउनु भयो । गाउँघरमा आयोजना हुने विवाह, न्वारान, पास्नी आदीमा बालबालिकाहरुलाई अभिभावकले विद्यालयमा नपठाउने, केही अभिभावकहरु विद्यालय परिसर भित्र होहल्ला गरि पठन पाठनमा असर पुर्याउने, धुम्रपान गर्ने जस्ता समस्याहरु रहेको र त्यस्ता सम्पुर्ण क्रियाकलाप विद्यालय परिसरमा कसैले पनि नगर्ने नगराउने विषयमा सहमत भएको पनि उहाँले बताउनु भयो । स्थानिय स्तरमा भएको यस्ता राम्रो कामको सबै पक्षबाट सराहना हुन जरुरी छ ।
समाचारहरू
- सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न
- विद्यालय शान्ति क्षेत्र घोषणा

