समाचारहरू

विद्यालय शान्ति क्षेत्र घोषणा

नेपाल सरकारको मन्त्रिमण्डलको यहि मिती २०६८ साल जेठ ११ गते बसेको बैठकले विद्यार्थीहरुले विना व्यवधान निरन्तर रुपमा पठनपाठन गर्न पाउने कुरालाई ग्यारेन्टी गर्न सम्पुर्ण शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरे लगत्तै धादिङ जिल्लाका विभिन्न विद्यालयहरुले पनि स्थानिय स्तरमा विद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा घोषणा गर्ने क्रमको शुरुवात भएको छ।

पुरा पढ्नुहोस्

सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

११ असार २०६८
जिल्लाको बिभिन्न गाविसहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आ.ब ०६७/०६८ मा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा जिल्लाको ४८ गाविसमा बिद्यालय पुस्तकालयपठन सीपश्रमिक बालबालिकाहरु लक्षित नयाँ बाटो नयाँ पाईला कार्यक्रमगरिवी निवारण कार्यक्रमबाल केन्द्रित सामुदायिक विकास कार्यक्रम, सुरक्षित बसाई सराई कार्यक्रम, जीवनका लागि नृत्य, दिगो भू व्यवस्थापन कार्यक्रम लगायतका कार्यक्रम संचालनमा रहेको कार्यक्रमहरुको कि्रयाकलाप उपलब्धी तथा बजेट संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रस्तुत गर्नु भएको थियो ।

पुरा पढ्नुहोस्