कार्यक्रमहरु
सामुदायिक विकासका लागि शसक्तिकरण कार्यक्रम
संचालित गाविसः २
सामुदायिक संस्था संख्याः २४
लक्षित समुदायः गरिव दलित जनजाति महिला तथा पछाडि परेका पारिएका समुदाय
धादिङ जिल्लाका २ वटा गाविसमा गरिव दलित जनजाति महिला तथा पछाडि पारिएका समुदायलाई आय आर्जनमा वृद्धि गराउन सामुदायिक संस्था मार्फत लक्षित समुदायको मागमा आधारित आयमूलक कार्यक्रम साचालन भइरहेकोछ। व्यवसायको प्रकृती अनुसार क्षमता अभिवृद्धी गर्न विभिन्न तालिम कोचिङ अध्ययन अवलोकन भ्रमण तथा अन्तरकि्रया कार्यक्रम साचालन गरिरहेको छ । गरिबी निवारण कोषको साझेदारीमा संचालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको लक्षित समुदायको मागमा आधारित र तीनिहरु कै अगुवाइमा कार्यक्रम साचालन गरी संस्थागत विकासमा टेवा पुर् याउनु हो ।
बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम
संचालित गाविसः २ वटा गाविस पिडा र महादेवस्थान
आत्म निर्भर महिला समूह संख्याः २५
बालक्लबः ८
लक्षित समुदायः
बालबालिका तथा महिलाहरु
युनाइटेड मिसन टु नेपालसंगको साझेदारीतामा
संचालित यो कार्यक्रम धादिङ जिल्लाका
२ वटा गाविसमा बालबालिकालाई केन्द्र बिन्दुमा राखेर एकिकृत सामुदायिक विकास
मार्फत गरिव दलित
जनजाति महिला तथा पछाडि पारिएका समुदायलाई
आय आर्जनमा वृद्धि गराउन आत्म निर्भर समूहबालक्लब र बिद्यालय मार्फत लक्षित
समुदायमा अधिकारमा
आधारित साचालन भइरहेको छ । बालबालिकाहरुको अधिकारलाई ध्यानमा राखी
बालबालिकापरिवार तथा बिद्यालयका अभिभावक तथा शिक्षकलाई प्रकृती अनुसार
क्षमता
अभिवृद्धी गर्न विभिन्न तालिमकोचिङ अध्ययन अवलोकन भ्रमण तथा अन्तरकि्रयाआय
आर्जनमा सहयोगबिद्यालयहरुमा शैक्षिक सामग्री सहयोगजन्मदर्ता कार्यक्रम
साचालन गरिरहेको छ ।
बिद्यालय पुस्तकालय कार्यक्रम
संचालित गाविसः ३८
बिद्यालय संख्याः १२५
लक्षित समुदायः
बालबालिका शिक्षक तथा समुदाय
रुम टु रिडसंगको साझेदारीतामा संचालन धादिङ
जिल्लाका ३८ वटा गाविसका बिशेष गरी
प्राथमिक तहका बालबालिकालाई
केन्द्र बिन्दुमा राखेर पुस्तकालयको माध्यमले बिद्यालय
बालक्लब मार्फत शैक्षिक साचालन भइरहेको छ । बालबालिकाहरुको अधिकारलाई
ध्यानमा राखी बालबालिका परिवार तथा
बिद्यालयका अभिभावक तथा
शिक्षकलाई प्रकृती अनुसार क्षमता अभिवृद्धी गर्न विभिन्न तालिमकोचिङ अध्ययन
अवलोकन भ्रमण तथा अन्तरकि्रयाआयबिद्यालयहरुमा पुस्तकफर्निचरशैक्षिक
सामग्री सहयोग
कार्यक्रम साचालन गरिरहेको छ । रुम टु रिड
नेपालको साझेदारीमा संचालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्रामीण
तथा शहरी भेगका सरकारी
विद्यालयहरुमा पुस्तक तथा शैक्षिक सामग्रीहरुको सहयोगद्वारा पुस्तकालय
स्थापना गरी शैक्षिक गुणस्तर
बृद्धि गर्दै शिक्षक तथा विद्यार्थीहरुको पठन
पाठनमा सहयोग पुर् याउनुको साथै बाल बालिकाहरुमा सानै उमेर देखि स्वतन्त्र
रुपमा बुझेर पढ्ने बानीको विकास गराउन
सहयोग पुर् याउनु हो ।
नयाँ बाटो नयाँ पाईला कार्यक्रम
संचालित गाविसः ५
सामुदायिक समूह संख्याः ८
लक्षित समुदायः
श्रमिक बालबालिका तथा तिनका अभिभावक
विश्व शिक्षासंगको साझेदारीतामा संचालित यस
कार्यक्रम धादिङ जिल्लाका ५ वटा गाविसका
बिशेष गरी श्रमिक बालबालिकालाई केन्द्र बिन्दुमा राखेर शैक्षिक माध्यमले
बिद्यालय बालक्लब मार्फत बाल श्रम न्यूनिकरणका लागि बालबालिका र अभिभावकलाई
सहयोग गर्ने काम साचालन भइरहेको छ । बालबालिकाहरुको
अधिकारलाई ध्यानमा राखी
श्रमिक बालबालिका कोचिङ कक्षा संचालनपरिवार तथा बिद्यालयका अभिभावक तथा
शिक्षकलाई प्रकृती अनुसार
क्षमता अभिवृद्धी गर्न विभिन्न तालिमअध्ययन
अवलोकन भ्रमण तथा अन्तरकि्रयाबालबालिकालाई शैक्षिक सामग्रीअभिभावकहरुलाई
आय-आर्जनमा सहयोग कार्यक्रम साचालन गरिरहेको छ
। विश्व शिक्षा नेपालको साझेदारीमा
संचालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बालश्रममा आवद्ध बालबालिका
तथा निकृष्ट प्रकारका श्रममा संलग्न बालबालिकाहरुलाई विद्यालयसम्म आउने
वातावरण तय गरी शैक्षिक अवसर प्रदानउनीहरुलाई
जीवन उपयोगी व्यावसायिक सीपमा आवद्ध गराउनेबालबालिकाहरुलाई बालश्रमको ज्ञान
दिदै उनीहरुसँग
सम्बन्धित संवेदनसिल विषयबस्तुहरुमा उनीहरुको गोपनियताको अधिकारको संरक्षण
साथै बालश्रम उन्मुलन गर्न
नीतिगत तहमा पहल गरी लक्षित बर्गसम्म
प्रभावकारी रुपमा पुग्ने रहेको छ ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
संचालित गाविसः ४ ज्यामरुङ, साङ्कोष, धुवाँकोट र कटुन्जे
लक्षित समुदायः
दलितमहिला तथा पछाडि पारिएका बर्ग
जिल्ला विकास समिती धादिङसंगको साझेदारीतामा
संचालित यो कार्यक्रम धादिङ जिल्लाको
४ वटा गाविसका बिशेष गरी सुशासनलाई केन्द्र बिन्दुमा राखेर सामाजिकआर्थिक मुद्धामा छलफल गर्न र
गाविसको बार्षिक योजना वडा
तहबाट नै योजना तर्जुमा
तथा योजना कार्यान्वयनमा सकि्रय सहभागीता मार्फत बिकास अभियानलाई सहयोग नियमित रुपमा बैठक आयोजना गर्ने विपन्न समुहका
आवश्यकता तथा प्राथमिकता
पहिचान गर्ने वडा स्तरका गरिव र विाचत समुदायका मानिसहरुलाई आफ्ना आवाज राख्न र आफ्ना विशेष आवश्यकताहरुलाई स्थानिय
विकास मंाचमा अभिब्यक्त
राख्ने क्षमता अभिवृद्धि गर्न सहयोग गरी रहेको छ । जिल्ला विकास समिति धादिङको साझेदारीमा संचालित यस
कार्यक्रमको मुख्य उद्देश्य भनेको समाजका सबै बर्गको सकि्रय संलग्नतालाई सक्षम तुल्याउनेजीविकोपार्जनको
लागि आवश्यक आधारभुत स्रोत साधन तथा
सेवाहरुमा सम्पन्नतामा योगदान पुर् याउने गरिव र बिाचत समुहरुका लागि पहुँच
बढाउने स्थानिय तहका प्राथमिकताबारे गाविस स्तरिय एकिकृत योजना समिति बिशेष गरी विपन्न तथा बिाचत समुह
सहितको वडा स्तरिय मंच स्थापना गर्ने रहेको छ
।
जीवनका लागि नृत्य कार्यक्रम
संचालित गाविसः ५ का १० बिद्यालयहरु
लक्षित समुदायः
माध्यमिक तहका बिद्यार्थीहरु
परिचयः प्रयत्नशील सामुदायिका विकास समाज प्रयास नेपाल
धादिङ र RESTLESS DEVELOPMENT काठमाण्डौंको साझेदारीमा संचालित Dance 4 life (जीवनका लागि नृत्य) कार्यक्रम जिल्लाका विभिन्न
१० वटा विद्यालयहरुमा सम्पन्न भयो । विद्यालयमा नाचको माध्यम तथा दौतारी शिक्षकको माध्यमबाट आफ्नो
क्षेत्र वरपर रहेका
सम्पुर्ण मानिसमा HIV
AIDS सम्बन्धि सचेतना गराउने र HIV संक्रमित रहेको गलत धारणाहरु
लान्छानाहरुलाई हटाउने उक्त कार्यक्रमको
उद्देश्य रहेका छ ।

